देशभर अविरल वर्षा, सतर्क रहन सुझाव « Khabarhub

देशभर अविरल वर्षा, सतर्क रहन सुझाव

बाढी पहिरो र डुबानको जोखिम


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रह देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति पनि सबै प्रदेशमा झरी पर्ने सम्भावना छ ।

धेरै भारी वर्षाको सम्भवना रहेका स्थानहरुका नदीको पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ०६ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली