बुटवल कोरोना अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु « Khabarhub

बुटवल कोरोना अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण नवलपरासी पश्चिमका एक जना र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषलाई गत भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहीवार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी समेत थिए ।

यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । असोज १ गते अस्पताल भर्ना भएका उनको बिहीवार बिहान ७ बजे मृत्यु भएको हो ।

उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ३४ बजे

तराईमा तातो लहर कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास