घरमै पुगेर महानगर प्रमुखले भने, ‘गेट वेल सुन’ « Khabarhub

घरमै पुगेर महानगर प्रमुखले भने, ‘गेट वेल सुन’


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन बुधबार बिहानै हरिसिद्धि पुगे ।

साथमा थिइन्, महानगरका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइराला, ललितपुर महानगरपालिका कोभिड फोकल पर्सन देवी गुरुङ, केस इन्भेटिगेसन कन्ट्याक ट्रेसिङ (सीआइसीटी)को समूह ।

हरिसिद्धीमा कुनै सभा, सम्मेलन, शिलान्यास, उद्घाटन केही थिएन । नगरप्रमुख सहितको त्यो समूह त्यहाँ कोभिड संक्रमणका कारण होम आइसोलेसनमा बसेकी युवतीलाई हौसला बढाउन पुगेका थियो । त्यहि क्रममा युनिसेपले उपलब्ध गराएको डिग्निटी किटमा महानगरपालिकाले केही सामग्री थपेर संक्रमितलाई प्रदान गरेको थियो ।

मास्क, पन्जा लगाएका प्रमुख महर्जनले उक्त किट दिदैं भने,‘ म यहाँको स्वास्थ्य लाभको कामना गर्न आएको हुँ , आराम गर्नुस् , अप्ठ्यारो पर्दा महानगर यहाँ र यहाँको परिवारलाई सहयोग गर्न तत्पर छ । ’ घरको आँगनमा उभिएका उनले संक्रमितको परिवारको कुरा ध्यान दिएर सुने । चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएको स्वास्थ्य सर्तकता अपनाउन अनुरोध गरे । उक्त किटमा महानगरले सिटामोल र जीवनजल थपेर संक्रमितलाई दिएको थियो ।

उपप्रमुख गीता सत्यालले सन्त्वना दिदैं भनिन् ,‘आत्मबल बढाउनुस् , तपाई छिट्टै निको हुनु हुनेछ । ’ संक्रमितको कुरा ध्यान दिएर सुनेकी उनले कोभिडसँग लड्न आत्मविश्वास र सतर्कता आवश्यक भएको बताइन् ।

वडा नं २८ का वडा अध्यक्ष राजेश महर्जनले होम आइसोलेसनमा बसेकी युवतीलाई हौसला प्रदान गरे ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले स्वास्थ्यलाभको कामना गरे । उनले छिटो निको भएर महानगरपालिका आउन अनुरोध समेत गरे ।

कोभिड संक्रमितका लागि थप पोषण आवश्यक पर्ने भएकाले उक्त किटमा पोषण युक्त पीठो थप्ने महानगरपालिकाले जनाएको छ । उक्त पीडो नेपाल युथ फाउण्डेसनले उपलब्ध गराउन लागेको हो । महानगरपालिकाका अनुसार महानगरभित्र तीन सय जना संक्रमित होम आइसोलेसनमा छन् ।

हाललाई असोज १ गतेदेखि संक्रमण देखिएकालाई डिगनिटी किट दिइएको हो । किट प्रदानको सुरुवात प्रमुख र उपप्रमुखबाट गरिएको उल्लेख गर्दै अन्य संक्रमितलाई वडा मार्फत महानगरले जनाएको छ । उक्त किटमा स्यानिटाइजर, पानी सुद्धिकरण गर्ने औषधि पियुस, भाडा माँझ्ने साबुन, मास्क, थर्मोमिटर छन् । महिलालाई दिइने किटमा स्यानिटरी प्याड राखिनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ११ : ३१ बजे

विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई