घरेलु हतियार प्रहारबाट तीन घाइते « Khabarhub

घरेलु हतियार प्रहारबाट तीन घाइते


८ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।

गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।

तीनै जनालाई घरेलु हतियार बाम्फोकले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनापछि लाक्पा भने फरार छन् । गम्भिर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तत्कालका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहे भए पनि त्यहाँ उपचार सम्भव नदेखिएकाले हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले जानकारी दिनुभयो । घाइते फुटि भोटे लाक्पाकी ठुलीआमा हुन् भने पाशाङ तिनै ठुलीआमाकी छोरा हुन् । अर्का पाशाङ भने काकाको छोरा रहेको स्थानीयले बताएका छन् ।

बेलुकी ठुलीआमाका पुगेका लाक्पा त्यही खाना खाएर बसेका थिए । त्यसपछि अचानक हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा बिस्तृत विवरण आउन बाँकी छ । घटना स्थलमा प्रहरी चौकी याम्फुदिनबाट प्रहरीको टोली पुगेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट समेत प्रहरीको टोली गईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ११ : ५५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका