स्वारेज एट्लेटिकोमा आवद्ध « Khabarhub

स्वारेज एट्लेटिकोमा आवद्ध


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बार्सिलोनाले आफ्ना स्टाइकर लुइस स्वारेजलाई ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिडमा पठाएको छ ।

एटलेटिकोले स्वारेजलाई फ्रि ट्रान्सफरमार्फत् लिएको बताएको छ । त्यसमा पनि विभिन्न प्रक्रिया गरी ६ मिलियन युरो खर्च भएको बताएको छ ।

स्वारेज बार्सिलोनामा आफ्ना् सम्झौताको अन्तिम वर्ष अर्को क्लब जान सहमत भएका हुन् । यसअघि उनी इटालीयन क्लब युभेन्ट्स जाने हल्ला चलेको थियो ।
उनले स्पेनमै रहने बताएपछि एट्लेटिको गएका हुन् ।

स्वारेजले एट्लेटिकोबाट करबाहेक वार्षिक ९ मिलियन युरो पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।

६ वर्ष लामो समय बार्सिलोनामा बिताएका उनले २०३ खेलमा १९८ गोल गरेका थिए । प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना पुगेपछि स्वारेजले ४ पटक ला लिगाको उपाधि, एक पटक च्याम्पियन्स लिग उपाधि, ४ पटक कोपा डेल रे उपाधि, दुई पटक सुपर कोपा डे स्पाना उपाधि, एक क्लब विश्वकप उपाधिसहित मार्का पत्रिकाले दिने पीचीची ट्रफी जितेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  २ : ४१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट