कतारबाट दुई उडानमार्फत ३१२ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट दुई उडानमार्फत ३१२ नेपाली स्वदेश फर्किए



दोहा – कतारबाट दुई उडानमार्फत ३१२ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत  ४३ औं र ४४ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ३ महिलासहित १४५ जना तथा हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत २ महिलासहित १६७ नेपाली  स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रविण भट्टराईले बताए ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसैगरी, नेपाल एयरलाइन्सले दोहा–काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि उडान तय भएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ५ : ५२ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना