उत्तर कोरियाली नेता किम जोङ उनले मागे माफी « Khabarhub

उत्तर कोरियाली नेता किम जोङ उनले मागे माफी


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले माफी मागेका छन् । दक्षिण कोरियाका एक अधिकारीको हत्या गरेको घटनाको विषयमा जोङले माफी मागेका हुन् ।

बीबीसीले दक्षिण कोरियाको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै माफी मागेको समाचारमा उल्लेख गरेको छ । बाहिरी संसारमा निकै क्रुर मानिएका उत्तर कोरियाली नेता किमले मागेको माफीलाई बीबीसीले ‘दुर्लभ’ घटना भनेको छ ।

बीबीसीका अनुसार किम जोङ उनले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे इनसँग माफी माग्दै त्यो घटना हुन नहुने बताएका छन् ।

समाचारमा जनाइएअनुसार दक्षिण कोरियाका अनुसार ४७ वर्षका ती व्यक्ति दक्षिण कोरियाबाट भागेर उत्तर कोरियातर्फ जान लागेका थिए । ती व्यक्तिलाई उत्तर कोरियाको समुद्रमा उत्तरतर्फका सुरक्षाकर्मीले भेटे । सियोलका अनुसार उनलाई पानीमा भेटेपछि गोली हानेर मारिएको र उनको शव जलाइएको थियो ।

दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो नागरिकको हत्या गरेको बताएको थियो ।

कोरोना भाइरसका कारण उत्तर कोरियाले आफ्ना देशमा प्रवेश गर्न खोज्ने नीति ल्याएको र त्यही कारण ती व्यक्तिको हत्या गरिएको हुनसक्ने दक्षिण कोरियाले जनाएको थियो ।

उत्तर कोरियाली नेताको राष्ट्रपति मुन जे इनलाई एक पत्र पठाइएको र त्यसमा यो घटना हुनु नपर्ने भएको उल्लेख गरिएको एक अधिकारीले बताएका छन् । पत्रमा किमले यो घटनाले आफू निराश भएको र माफी मागेको बताइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : २० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र