उत्तर कोरियाली नेता किम जोङ उनले मागे माफी | Khabarhub Khabarhub

उत्तर कोरियाली नेता किम जोङ उनले मागे माफी


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले माफी मागेका छन् । दक्षिण कोरियाका एक अधिकारीको हत्या गरेको घटनाको विषयमा जोङले माफी मागेका हुन् ।

बीबीसीले दक्षिण कोरियाको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै माफी मागेको समाचारमा उल्लेख गरेको छ । बाहिरी संसारमा निकै क्रुर मानिएका उत्तर कोरियाली नेता किमले मागेको माफीलाई बीबीसीले ‘दुर्लभ’ घटना भनेको छ ।

बीबीसीका अनुसार किम जोङ उनले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे इनसँग माफी माग्दै त्यो घटना हुन नहुने बताएका छन् ।

समाचारमा जनाइएअनुसार दक्षिण कोरियाका अनुसार ४७ वर्षका ती व्यक्ति दक्षिण कोरियाबाट भागेर उत्तर कोरियातर्फ जान लागेका थिए । ती व्यक्तिलाई उत्तर कोरियाको समुद्रमा उत्तरतर्फका सुरक्षाकर्मीले भेटे । सियोलका अनुसार उनलाई पानीमा भेटेपछि गोली हानेर मारिएको र उनको शव जलाइएको थियो ।

दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो नागरिकको हत्या गरेको बताएको थियो ।

कोरोना भाइरसका कारण उत्तर कोरियाले आफ्ना देशमा प्रवेश गर्न खोज्ने नीति ल्याएको र त्यही कारण ती व्यक्तिको हत्या गरिएको हुनसक्ने दक्षिण कोरियाले जनाएको थियो ।

उत्तर कोरियाली नेताको राष्ट्रपति मुन जे इनलाई एक पत्र पठाइएको र त्यसमा यो घटना हुनु नपर्ने भएको उल्लेख गरिएको एक अधिकारीले बताएका छन् । पत्रमा किमले यो घटनाले आफू निराश भएको र माफी मागेको बताइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : २० बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र