धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षका पुरुष र मोरङको कानेपोखरी– १ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

डा सापकोटाका अनुसार सप्तरीका ७० वर्षका पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण लिएर गजेन्द्र नारायणसिंह अस्पताल राजविराजबाट वीपी प्रतिष्ठानमा रेफर गरिएको थियो । उनमा भदौ २५ गते जगेन्द्र नारायणसिंह अस्पतालमा कोरोना पुष्टि भएको थियो ।

उनलाई भदौ २८ गते राती वीपी प्रतिष्ठानमा भर्ना गरिएकोमा असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित मोरङका ५५ वर्षका पुरुष आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा थिए ।

उनमा असोज ८ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको ८ गते राती ८ बजेर ३० मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ५४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक