ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि | Khabarhub Khabarhub

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो ।

सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिए ।

सङ्घले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पीसीआर परीक्षण गरेको छ । प्रशिक्षण अवधिमा समेत पिसिआर परीक्षण समय समयमा गरिने उनले बताए । सामाजिक दूरी कायम गरी खेलाडीलाई प्रशिक्षण दिइने सङघलको योजना छ ।

प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनुअघि निर्मलीकरण गरिने बताइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ०० बजे

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन