ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि « Khabarhub

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो ।

सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिए ।

सङ्घले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पीसीआर परीक्षण गरेको छ । प्रशिक्षण अवधिमा समेत पिसिआर परीक्षण समय समयमा गरिने उनले बताए । सामाजिक दूरी कायम गरी खेलाडीलाई प्रशिक्षण दिइने सङघलको योजना छ ।

प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनुअघि निर्मलीकरण गरिने बताइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ०० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा