भारतका लागि चिनियाँ राजदूतले भने – चीन र भारत साझेदार हुन्, शत्रु होइनन् « Khabarhub

भारतका लागि चिनियाँ राजदूतले भने – चीन र भारत साझेदार हुन्, शत्रु होइनन्


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका लागि चिनियाँ राजदूत सन वेदोङले चीन-भारत शत्रु अथवा विरोधी नभई साझेदारहरु भएका कारण खतरा नभई अवसरहरु सिर्जना गर्नुपर्ने बताएका छन् ।

भारतका लागि चिनियाँ दूतावासको वेबसाइटमा सेप्टेम्बर १४ मा अपडेट गरिएको एक विज्ञप्तिमार्फत राजदूत सन वेदोङले हालसालैका मिडिया जिज्ञासा र चीन र भारतका परराष्ट्र मन्त्रीहरु बीचको द्विपक्षीय बैठकबारे पनि जानकारी गराएका छन् ।

उनले यस वर्ष सीमासम्बन्धी घटना भएदेखि चीन भारत सम्बन्धको विकासको दिशा राम्ररी बुझ्नु अझ महत्त्वपूर्ण भएकोमा जोड दिएका छन् । दुई देशका नेताहरु महत्वपूर्ण सहमतिको श्रृंखलामा पुगेको पनि उनले बताएका छन् ।

उनले एउटा आधारभूत फैसलामध्ये एक चीन र भारत प्रतिद्वन्द्वीको सट्टा साझेदार भएको र खतरा र धम्कीको सट्टा अवसरहरु सिर्जना गर्नुपर्ने सहमतिमा पुगेको बताएका छन् ।

चीन र भारतबीचको परराष्ट्र मन्त्रीहरूको बैठकमा पाँच बुँदे सहमतिले दुई देशका नेताहरूको सहमतिलाई समाहित गर्दै भूमिको स्थितिको अवस्थालाई सहज बनाएको राजदूत सनले बताएका छन् ।

राज्य पार्षद समेतर रहेका विदेशमन्त्री वाङ यीले उक्त बैठकमा चीन र भारत दुई छिमेकी शक्तिको रूपमा केही फरक हुनु सामान्य भएको बताएका छन् ।

तर, द्विपक्षीय सम्बन्धमा उचित स्थानमा राख्‍नको लागि मुख्य कुरा भनेको दुई देशका नेताहरूको रणनीतिक सहमतिलाई मान्नुपर्ने बताएका छन् । चीन र भारत प्रतिस्पर्धी होइन तर सहयोगी साझेदार हो, र उनीहरूले कुनै खतरा पैदा गर्दैनन् भन्‍ने कुराको विश्‍वास सिर्जना गर्नुपर्ने उनले बताएका छन् ।

दुई देशका परराष्ट्र मन्त्रीहरू परिस्थिति कम भएपछि दुबै पक्षले सीमा क्षेत्रहरुमा स्थिरता र शान्ति कायम गर्नका लागि नयाँ पारस्परिक विश्वास निर्माण उपायहरूको कार्यान्वयन गर्ने कुरामा सहमत भएको राजदूत सनले बताएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : १० बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल