भारतका लागि चिनियाँ राजदूतले भने – चीन र भारत साझेदार हुन्, शत्रु होइनन् | Khabarhub Khabarhub

भारतका लागि चिनियाँ राजदूतले भने – चीन र भारत साझेदार हुन्, शत्रु होइनन्


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका लागि चिनियाँ राजदूत सन वेदोङले चीन-भारत शत्रु अथवा विरोधी नभई साझेदारहरु भएका कारण खतरा नभई अवसरहरु सिर्जना गर्नुपर्ने बताएका छन् ।

भारतका लागि चिनियाँ दूतावासको वेबसाइटमा सेप्टेम्बर १४ मा अपडेट गरिएको एक विज्ञप्तिमार्फत राजदूत सन वेदोङले हालसालैका मिडिया जिज्ञासा र चीन र भारतका परराष्ट्र मन्त्रीहरु बीचको द्विपक्षीय बैठकबारे पनि जानकारी गराएका छन् ।

उनले यस वर्ष सीमासम्बन्धी घटना भएदेखि चीन भारत सम्बन्धको विकासको दिशा राम्ररी बुझ्नु अझ महत्त्वपूर्ण भएकोमा जोड दिएका छन् । दुई देशका नेताहरु महत्वपूर्ण सहमतिको श्रृंखलामा पुगेको पनि उनले बताएका छन् ।

उनले एउटा आधारभूत फैसलामध्ये एक चीन र भारत प्रतिद्वन्द्वीको सट्टा साझेदार भएको र खतरा र धम्कीको सट्टा अवसरहरु सिर्जना गर्नुपर्ने सहमतिमा पुगेको बताएका छन् ।

चीन र भारतबीचको परराष्ट्र मन्त्रीहरूको बैठकमा पाँच बुँदे सहमतिले दुई देशका नेताहरूको सहमतिलाई समाहित गर्दै भूमिको स्थितिको अवस्थालाई सहज बनाएको राजदूत सनले बताएका छन् ।

राज्य पार्षद समेतर रहेका विदेशमन्त्री वाङ यीले उक्त बैठकमा चीन र भारत दुई छिमेकी शक्तिको रूपमा केही फरक हुनु सामान्य भएको बताएका छन् ।

तर, द्विपक्षीय सम्बन्धमा उचित स्थानमा राख्‍नको लागि मुख्य कुरा भनेको दुई देशका नेताहरूको रणनीतिक सहमतिलाई मान्नुपर्ने बताएका छन् । चीन र भारत प्रतिस्पर्धी होइन तर सहयोगी साझेदार हो, र उनीहरूले कुनै खतरा पैदा गर्दैनन् भन्‍ने कुराको विश्‍वास सिर्जना गर्नुपर्ने उनले बताएका छन् ।

दुई देशका परराष्ट्र मन्त्रीहरू परिस्थिति कम भएपछि दुबै पक्षले सीमा क्षेत्रहरुमा स्थिरता र शान्ति कायम गर्नका लागि नयाँ पारस्परिक विश्वास निर्माण उपायहरूको कार्यान्वयन गर्ने कुरामा सहमत भएको राजदूत सनले बताएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : १० बजे

अत्यावश्यक सेवा रोकिँदैन : मुख्यमन्त्री आचार्य

राँझा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरूबाट अत्यावश्यक

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

रौतहट– मौलापुर नगरपालिका-९ सोनारनियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५

संयुक्त राष्ट्र महासभा : नेताहरूको सहभागिता र प्रमुख एजेन्डा

एजेन्सी– विश्व नेताहरू यस हप्ता संयुक्त राष्ट्र महासभाको ८०औँ सत्रका

आँखाको ज्योति फर्किएपछि चन्द्रावतीले भनिन् – ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

काठमाडौं– दुवै आँखामा मोतियाबिन्दुको कारण जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया

काठमाडौं महानगरले बाँड्यो दुर्गम गाउँपालिकालाई एम्बुलेन्स (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ