पहिरोको उच्च जोखिममा अन्नपूर्ण गाउँपालिकाका २६ घर « Khabarhub

पहिरोको उच्च जोखिममा अन्नपूर्ण गाउँपालिकाका २६ घर


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले र वडा नं ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा छन् ।

विगत तीन दिनदेखि परेको अविरल वर्षाले बस्तीमाथिबाट पहिरो जान थालेपछि उक्त बस्तीका २६ घर जोखिममा परेका हुन् । उच्च जोखिममा रहेका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताए ।

उनकाअनुसार कालीगण्डकी नदीको कटान तथा बस्ती माथिबाट खसेको पहिरोको कारण कोप्चेपानीका २३ र जलथलेका तीन घर उच्च जोखिममा रहेका छन् ।

“जलथलेका तीन घरलाई सुरक्षित स्थानमा सारिएको छ भने कोप्चेपानी बस्तीमा खानेपानीको समस्या भएकाले चार सय मिटर पाइपको व्यवस्था गरिएको छ । अति उच्च जोखिममा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ”, अध्यक्ष पुनले भने, “भिरालो तथा कमजोर भूगोलका कारण पहिरो गएको हुन सक्छ ।”

कोप्चेपानीका बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरणका लागि वडा नं ४ कोे भलाममा जग्गा खोजीको तयारी थालेको पनि उनले बताए ।

यसैगरी रुप्से झरनामा आएको बाढीका कारण सडकमा क्षति हुँदा बेनी –जोमसोम सिधा यातायात विगत दुई महिनादेखि अवरुद्ध छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ३२ बजे

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

दुबई– कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी

मालिकामा बेसारको ‘ब्रान्डिङ’

तम्घास– गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारी

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ