प्रदेश १ मा १ लाख १९ हजार पीसीआर परीक्षण « Khabarhub

प्रदेश १ मा १ लाख १९ हजार पीसीआर परीक्षण


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये २० महिला र ६५ जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक तथा प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आठ महिला र १६ पुरुष, बुढीगंगामा पाँच, बेलबारी र धनपालथानमा तीनतीन, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा एक/एक पुरुष र रंगेलीमा एक महिलामा सङ्क्रण पुष्टि भएको छ ।

सुनसरीको इटहरीमा दुई महिला र १३ पुरुष, दुहवीमा दुई महिला र दुई पुरुष, इनरुवामा एक महिला र दुई पुरुष, बर्जुमा एक महिला र एक पुरुष, धरानमा एक महिला, झापाको भद्रपुरमा एक महिला र नौ पुरुष, विर्तामोड र दमकमा एकएक महिला, ताप्लेजुङको फङलिङमा एक पुरुष तथा प्रदेश बाहिरका एक महिला र पाँच पुरुषको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १४९ पुगेको छ भने कोभिड १९ आईसोलेशन केन्द्र, रंगेलीबाट नौ , गढी आईसोलेसन केन्द्र बाट आठ, होम आईसोलेसनबाट आठ, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट छ, न्युरो अस्पताल विराटनगरबाट चार, मेची अस्पतालबाट तीन जना गरी ३८ जना सहित दुई हजार ६५६ जना कोरोनाबाट मुक्त भइसकेका छन् ।

सो अवधिमा ६२५ जनासहित आजसम्ममा एक लाख १९ हजार ४३५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : ३५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक