आईपीएलः दिल्लीको दोस्रो जीत, चेन्नई ४४ रनले पराजित | Khabarhub Khabarhub

आईपीएलः दिल्लीको दोस्रो जीत, चेन्नई ४४ रनले पराजित


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ ।

आज राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराउन सफल भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रन बनाए ।

शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए भने पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे । ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रन बनाए ।  जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनायो ।

चेन्नईका पिउस चावलाले २ विकेट लिएका थिए ।

खेलमा चेन्नईका सेन वाट्सन १४ र मुरली विजय १० रनमा आउट भए । चेन्नईले ४४ रनमा तेस्रो, ९८ रनमा चौथो र एक सय १३ रनमा पाँचौ विकेट गुमायो ।

टिमका कप्तान महेन्द्रसिंह धोनी १५ रनमा आउट भए । दिल्लीका कागिसो राबाडाले तीन विकेट लिए । जीतपछि दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ७ : १० बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी