शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक « Khabarhub

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।

उनका अनुसार आयोगले न्याय सेवातर्फको लिखित परीक्षा र प्रथम चरणको लिखित परीक्षा सकिसकेका दोस्रो चरणका लिखित परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गरेको हो ।

आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ ।

यस्तै नासुसरहका दोस्रो चरणको परीक्षा आागामी मङ्सिर ७ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

न्यायको प्रथम चरणको परीक्षा नै भएको थिएन भने परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद् सेवातर्फको खुला परीक्षाको प्रथम चरणको परीक्षा सम्पन्न भइसकेको थियो । आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : ४० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका