कतारमा हवाई भाडा जुटाउन नसकेका थप ७ नेपालीको उद्धार « Khabarhub

कतारमा हवाई भाडा जुटाउन नसकेका थप ७ नेपालीको उद्धार



दोहा – कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ ।

नेपाल फर्किने प्राथमिकतामा परे पनि हवाईभाडा समेत जुटाउन नसकेका उनीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले उद्धार गरेको हो ।

उनीहरुलाई निशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काइएको एनआरएन राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार चौथो चरणमा थप ७ जनालाई हवाई टिकट प्रदान गरिएको हो ।

चौथो चरणमा सेप्टेम्बर २५ तारिखका दिन मानसिक सन्तुलन गुमाएको धनुषाका बिनोद महरा, दुबै मृगौला गुमाएको सर्लाहीका
हसामुद्दीन लेहेरी, सुनसरीका सद्दाम खान रहेका छन् ।

यसैगरी,सिरहाका जितेन्द्र कामती,तेह्रथुमकी अमृता कान्दङ्वा, सर्लाहीका राम बाबू टमाटा र खोटाङका आश कुमार राईलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको अध्यक्ष मुसलमानले बताए ।

स्वदेश फिर्तीका लागि सहजीकरणको भूमिका निभाउने नेपाली दूतावास र स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्धार समितिका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष मुसलमानले धन्यवाद ज्ञापन गरेका छन् ।

यसअघि पहिलो, दोस्रो तथा तेस्रो चरणमा गरी समस्यामा परेका २३ नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाइएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ४० बजे

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित