खोप प्रयोगमा आउनुअघि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी « Khabarhub

खोप प्रयोगमा आउनुअघि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि विश्वमा यो भाइरसका कारण २० लाखले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपतकालीन मामिला प्रमुख डा. माइक रायनले अन्तराष्टिय सहकार्य नभए अझै धेरैले ज्यान गुमाउने बताएका छन् ।

गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट विश्वभरि फैलिएको कोरोना भाइरसबाट हालसम्म तीन करोड २० लाख मानिस संक्रमित भइसकेका छन् । विश्वमा दैनिक रुपमा लाखौंको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् ।

हिउँद शुरु भएसँगै केही देशमा यो भाइरसको दोस्रो लहर शुरु हुने वैज्ञानिकहरुले बताएका छन् ।

पछिल्लो अपडेट अनुसार अमेरिका, भारत र ब्राजिलमा विश्वमै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय युरोपमा पनि कोरोना संक्रमित थपिएकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

हालसम्म कोरोना भाइरसका कारण झण्डै १० लाखले ज्यान गुमाएका छन् । अमेरिकामा मात्र यो भाइरसबाट ७० लाखभन्दा बढी संक्रमित भएका छन् ।

डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिनभन्दा पहिले नै सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ३१ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक