कस्तो हुनुपर्छ घरको पूजा कोठा ? « Khabarhub

कस्तो हुनुपर्छ घरको पूजा कोठा ?


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

घरमा बनाइएको पूजा कोठाको विशेष महत्व रहने गरेको छ । घरभित्र यो एक यस्तो स्थान हो जहाँ अन्य कोठाको तुलनामा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तु शास्त्र अनुसार घरमा बनाइएको पूजा स्थल बनाउँदा केहि नियमको पालना गर्नु पर्दछ ।

१. घरमा बनाइएको मन्दिरमा एकै भगवानको दुई तस्बिर वा मूर्ती राख्नु हुदैँन । शास्त्रमा यस प्रकारको कार्यले घरमा अशुभ हुने र बिभिन्न समस्या झेल्नु पर्ने बताइएको छ ।

२. वास्तुशास्त्र अनुसार घरमा पूजा कोठा निर्माण गर्दा पश्चिम र दक्षिण दिशामा बनाउनु अशुभ मानिन्छ । त्यसैले घरमा पूजा कोठा बनाउँदा घरको पूर्व वा उत्तर दिशामा बनाउनु पर्छ ।

३. घरको पूजा कोठा शौचालयको छेउमा पार्नु हुदैन । यसका साथै भान्साको छेउमा समेत पूजा कोठा हुनु हुदैन ।

४. घरभित्र पूजा कोठा बनाउँदा सीढी मूनी समेत बनाउनु हुँदैन । यसो गर्नाले अशुभ फल प्राप्त हुन्छ ।

५. घरको मन्दिरमा शिवलिंग राख्न समेत शास्त्रमा बर्जित गरीएको छ । यदि राख्नै परेमा समेत औलाको आकारभन्दा ठुलो हुन नुहने मान्यता रहेको छ ।

६. हिन्दु धर्म अनुसार टुक्रिएको वा खण्डित मूर्तीको पूजा गर्नु अशुभ मानिन्छ । त्यसैले पूजा घरमा भूलेर पनि यस्ता मूर्ति राख्नु वा पूजा गर्नु हुदैन ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १ : २१ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका