कोप्चेपानीका २३ घरलाई भालेबासमा सारियो (फोटो फिचर) « Khabarhub

कोप्चेपानीका २३ घरलाई भालेबासमा सारियो (फोटो फिचर)


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पहिरोको उच्च जोखिममा रहेका म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरिएको छ ।

कालीगण्डकी नदीको किनारको बस्तिमा माथिको भिरबाट पहिरो खस्न थालेपछि स्थानीयलाई सारिएको हो । पहिरोको उच्च जोखिममा रहेका कोप्चेपानीका २३ घरलाई नजिकैको भालेबास भन्ने ठाउँमा शनिबार सारिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

उनले भने, ‘बस्ती माथिको भिरमा जमिन चिरा परेर पहिरो खसेको हो । बस्तीनै पुरिने खतरा भएकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको हो ।’ असार महिनादेखिनै सुरु भएको पहिरो पछिल्लो हप्ताको निरन्तर बर्षापछि थप सक्रिय भएको छ ।

स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थाई बसोबासको ब्यवस्था मिलाइएको छ । सबै परिवारलाई एक/एक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ ।

आठ वटा त्रिपाल उपलब्ध गराएको गाउपालिकाले प्रति परिवार एक÷एक वटा कम्बल सहयोग गर्ने र सार्वजनिक शौचालय बनाइदिने भएको छ । घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडा सहित महत्वपूर्ण सामान टहरामा सारेका छन् ।

स्थलगत निरिक्षणका क्रममा जुनसुकै बेला पहिरो खस्न सक्ने देखिएपछि बस्तिनै स्थानान्तरणको योजना बनाइएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । उनले भने, ‘पहिरोबाट मानवीय र भौतिक क्षति हुन नदिन सतकर्ता अपनाएका हौ । कोप्चेपानीबासीलाई भालेबासमै स्थाई बसोबासका लागि एकिकृत आवासको योजना अघि सारेका छौ ।’

यसअघि २०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले कोप्चेपानी स्थित धवलागिरी आधारभूत विद्यालयको भवन, खेलमैदान र स्थानीयको खेतियोग्य जमिन बगाएको थियो । कालीगण्डकीको कटान र भिरबाट खस्ने पहिरोका कारण त्रसित भएको स्थानीय सुकबहादुर रोकाले बताए ।

अन्नपूर्ण गाउपालिकाले पहिरोको उच्च जोखिममा रहेको वडा न. ३ फगामका १३ घरधुरीलाई पनि अस्थाई टहरा बनाएर अन्यत्र सारेको छ । कालीगण्डकीको तिर देखि गाउँको शिरसम्मको जमिन चिरा चिरा परेर पहिरो बग्न थालेपछि करिब ४० घरको बसोबास भएको फगाम उच्च जोखिममा परेको छ ।

यसअघि २०७२ जेठमा बैसरीको पहिरो खस्दा सतकर्ता अपनाएर पहिल्यै मानिसहरुलाई सारिएकाले मानबीय क्षति हुन पाएको थिएन् । राम्चेको डाडाबाट खसेको पहिरोले कालीगण्डकी नदी १७ घण्टा थुनिएको थियो भने बैसरीका २९ घर पुरिएका थिए । मानिसलाई घर छाड्न लगाएका कारण डेढ सय जनाको ज्यान बचेको थियो ।

सन्तोष गौतमबाट/तस्वीर सुरेन गुरुङ

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : १६ बजे

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई