ला लिगामा बार्सिलोनाको शानदार सुरुवात « Khabarhub

ला लिगामा बार्सिलोनाको शानदार सुरुवात


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो ।

बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए भने एक गोल उपहार पाएको हो ।

फातीले खेलको सुरुवाती दुई गोल गर्दै टीमलाई सहज अवस्थामा पुर्‍याएका थिए । उनले ५ मिनेटको अन्नतरमा दुई गोल गरे । पहिलो गोल खेलको १५ औं मिनेटमा गरे भने दोस्रो गोल १९ औं मिनेटमा गरेका हुन् ।

यस्तै, सुरुवाती दबाबमा परेको भिल्लारियलविरुद्ध कप्तान मेस्सीले खेलको ३५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । विपक्षी टोली भिल्लारियलका खेलाडीले पेनाल्टी क्षेत्रमा बार्सिलोनाका खेलाडीमाथि गलत फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो ।

त्यस्तै, खेलको ४५ औं मिनेटमा भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ४–० गोलको फराकिलो अन्तर बनाएको हो ।

नयाँ प्रशिक्षकका रुपमा रोनाल्डो कोइमयान बार्सिलोना आएपछिको पहिलो खेलमा शानदार जीत हात पारेका छन् । यो सिजन शुरु हुनु अगाडि कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेका थिए । तर, क्लब तयार नभएपछि मेस्सी कानूनी उपचारमा नगई बार्सिलोनामै रहने निर्णय गरेका थिए ।

जीतसँगै बार्सिलोनाले ३ अंक जोडेको छ भने पराजित भिल्लारियलले खराब सुरुवात गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : ४२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता