भार्डीको ह्याट्रिकमा लेष्टरसँग सिटी पराजित | Khabarhub Khabarhub

भार्डीको ह्याट्रिकमा लेष्टरसँग सिटी पराजित


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो ।

लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक पुरा गरे भने जेम्स माडिसन र योरी ताइलेम्यान्सले समान एक एक गोल गरे भने दुई गोल फर्काएको सिटीका लागि रियाद महरेज र नाथन आकेले समान एक–एक गोल गरे ।

सिटीले रफ खेल खेल्दा लेष्टरलाई फाइदा भएको खेलमा भार्डिले पेनाल्टीमार्फत् नै दुई गोल गरे । उनले ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो गोल ५३ औं मिनेटमा गरे भने ५८ औं मिनेटमा टीमले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

यस्तै, लेष्टरका लागि माडिसनले ७७ औं मिनेटमा र ताइलेम्यान्सले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । यता, सिटीले भने महरेजले खेलको ४ औं मिनेटमा गोल गर्दा पनि अग्रता जोगाउन नसक्दा हार व्येहोर्न पुगेको छ । सिटीका लागि दोस्रो गोल नाथन आकेले ८४ औं मिनेटमा गर्दै फर्काएको थियो ।

तीन खेल खेलेको लेष्टर सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ भने पराजित दुई खेलमा एक खेलमात्रै जितेको छ ।

यस्तै, गए राति भएको अर्को खेलमा लिड्स युनाइटेडले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ भने टोटनहमले न्यु क्यासल युनाइटेडसँग १–१ गोल बराबरी खेलेको छ ।

यस्तै, अर्को खेलमा वेष्ट हाम युनाइटेडले बोल्भरह्यामटनलाई ४–० गोल अन्तरले हराएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ०९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित