पुर्नजन्मको एक वर्ष: विवादबाट माथि उठ्न सकेन क्यान | Khabarhub Khabarhub

पुर्नजन्मको एक वर्ष: विवादबाट माथि उठ्न सकेन क्यान


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को प्रतिनबन्ध सशर्त फुकुवा भएको नेपाल क्रिकेट संघ (क्यान) को पुनर्जन्मको एक वर्ष पूरा भएको छ ।

राजनीतिक हस्तक्षेप र आर्थिक हिनामिना गरेको भन्दै भण्डै चार वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपेको क्यानमा अहिलेको कार्यसमितिका कामहरु पनि विवादरहित भने हुन सकेका छैनन् ।

पछिल्लो समय क्यानले महिला र पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरणमा देखिएको त्रुटिले गर्दा आलोचना खेपिरहेको छ ।

जसमा पुरुषतर्फ केही राम्रा खेलाडीको वर्गीकरण तलमाथि भएको र केही खेलाडी वर्गीकरणमा नपरेको भन्दै आलोचना मात्रै भएन, खेलाडीहरुले क्यानमा पुनर्विचारका लागि ज्ञापनपत्र नै बुझाएका छन् ।

त्यसो त, अध्यक्ष चतुर बहादुर चन्दले आलोचकहरुले आफ्नो कार्यसमितिले गरेका राम्रा काम भन्दा नराम्रा काममा बढी बाहिर ल्याएको भन्ने आरोप लगाउँदै आएका छन् ।

गतवर्ष राजधानीको एक होटलमा आईसीसीका प्रतिनिधिसहितको टोली र नेपाल सरकारको समन्वयमा चतुर बहादुर चन्दसहितको टोली नेतृत्वमा निर्वाचित भएको थियो । तर, उक्त नेतृत्वले पछिल्लो एक वर्षमा आम नेपाली क्रिकेट परिवारलाई सन्तुष्ट पार्ने गरि काम गर्न सकेको छैन । नत, कुनै त्यस्तो कार्यक्रम नै ल्याउन सकेको छ, जसले नेपाली क्रिकेटको भविष्य सुनिश्चित होस् ।

क्यान नेतृत्व पछिल्लो समय महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई कारण देखाउँदै आएको छ । २०७६ असोजदेखि चैतसम्मको समयमा पनि क्यानले नेतृत्वको प्रशंसा हुने गरी कुनै काम पनि गर्न सकेको छैन ।

क्यानले आईसीसी विश्वकप क्रिकेट लिग–२ फागुनमा आयोजना गर्नुबाहेक अन्य कुनै प्रतियोगिता आयोजना गर्न सकेको छैन ।

असोजमा सम्पन्न चुनावी साधारण सभाबाट चन्दको नेतृत्वमा क्यान काममा फर्किएपछि पहिलो गृहकार्यका रुपमा लामो फर्म्याटका क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना चन्दले सुनाएका थिए । तर, त्यसले एक वर्ष बितिसक्दा पनि मूर्त रुप लिन सकेको छैन ।

यसअघि चैत/वैशाखमा राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भन्दै क्यानको कार्यसमिति बैठकले निर्णाय गरेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण पछि यत्तिकै सेलाएर गयो ।

उक्त प्रतियोगिता अब मंसिरमा गर्ने क्यानको चितवनमा बसेको बोर्ड बैठकले निर्णय गरेको छ । आईसीसी लिग २ मा तत्कालीन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले टोलीको जिम्मेवारीबाट राजीनामा दिएपछि नयाँ प्रशिक्षक नियुक्त समेत क्यानले गर्न सकेको छैन ।

खेलाडीका लागि प्रतियोगिताको आयोजना गर्न अहिले अफ्ठ्यारो परिस्थिति भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

कोरोनाकै कारण सरकारले खेलकुदलाई बन्द गरेको सात महिना भइसक्दा क्यानले राष्ट्रिय टोलीका खेलाडीकोे अभ्यासका लागि समेत पहल गर्न सकेको छैन । खेलाडीहरुले एकदिवसीय मान्यता प्राप्त देशमा हुनपर्ने न्युनतम भौतिक पूर्वाधार निर्माणका लागि आवज उठाएको पनि वर्षौ भइसकेको छ ।

तर, अहिलेसम्म पनि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान बाहेक अर्को मैदान तयार हुन सकेको छैन । भौतिक पूर्वाधारका लागि पनि क्यानले पछिल्लो एक वर्षमा खासै उपलब्धीमूलक काम गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : ०२ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)