पुर्नजन्मको एक वर्ष: विवादबाट माथि उठ्न सकेन क्यान « Khabarhub

पुर्नजन्मको एक वर्ष: विवादबाट माथि उठ्न सकेन क्यान


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को प्रतिनबन्ध सशर्त फुकुवा भएको नेपाल क्रिकेट संघ (क्यान) को पुनर्जन्मको एक वर्ष पूरा भएको छ ।

राजनीतिक हस्तक्षेप र आर्थिक हिनामिना गरेको भन्दै भण्डै चार वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपेको क्यानमा अहिलेको कार्यसमितिका कामहरु पनि विवादरहित भने हुन सकेका छैनन् ।

पछिल्लो समय क्यानले महिला र पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरणमा देखिएको त्रुटिले गर्दा आलोचना खेपिरहेको छ ।

जसमा पुरुषतर्फ केही राम्रा खेलाडीको वर्गीकरण तलमाथि भएको र केही खेलाडी वर्गीकरणमा नपरेको भन्दै आलोचना मात्रै भएन, खेलाडीहरुले क्यानमा पुनर्विचारका लागि ज्ञापनपत्र नै बुझाएका छन् ।

त्यसो त, अध्यक्ष चतुर बहादुर चन्दले आलोचकहरुले आफ्नो कार्यसमितिले गरेका राम्रा काम भन्दा नराम्रा काममा बढी बाहिर ल्याएको भन्ने आरोप लगाउँदै आएका छन् ।

गतवर्ष राजधानीको एक होटलमा आईसीसीका प्रतिनिधिसहितको टोली र नेपाल सरकारको समन्वयमा चतुर बहादुर चन्दसहितको टोली नेतृत्वमा निर्वाचित भएको थियो । तर, उक्त नेतृत्वले पछिल्लो एक वर्षमा आम नेपाली क्रिकेट परिवारलाई सन्तुष्ट पार्ने गरि काम गर्न सकेको छैन । नत, कुनै त्यस्तो कार्यक्रम नै ल्याउन सकेको छ, जसले नेपाली क्रिकेटको भविष्य सुनिश्चित होस् ।

क्यान नेतृत्व पछिल्लो समय महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई कारण देखाउँदै आएको छ । २०७६ असोजदेखि चैतसम्मको समयमा पनि क्यानले नेतृत्वको प्रशंसा हुने गरी कुनै काम पनि गर्न सकेको छैन ।

क्यानले आईसीसी विश्वकप क्रिकेट लिग–२ फागुनमा आयोजना गर्नुबाहेक अन्य कुनै प्रतियोगिता आयोजना गर्न सकेको छैन ।

असोजमा सम्पन्न चुनावी साधारण सभाबाट चन्दको नेतृत्वमा क्यान काममा फर्किएपछि पहिलो गृहकार्यका रुपमा लामो फर्म्याटका क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना चन्दले सुनाएका थिए । तर, त्यसले एक वर्ष बितिसक्दा पनि मूर्त रुप लिन सकेको छैन ।

यसअघि चैत/वैशाखमा राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भन्दै क्यानको कार्यसमिति बैठकले निर्णाय गरेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण पछि यत्तिकै सेलाएर गयो ।

उक्त प्रतियोगिता अब मंसिरमा गर्ने क्यानको चितवनमा बसेको बोर्ड बैठकले निर्णय गरेको छ । आईसीसी लिग २ मा तत्कालीन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले टोलीको जिम्मेवारीबाट राजीनामा दिएपछि नयाँ प्रशिक्षक नियुक्त समेत क्यानले गर्न सकेको छैन ।

खेलाडीका लागि प्रतियोगिताको आयोजना गर्न अहिले अफ्ठ्यारो परिस्थिति भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

कोरोनाकै कारण सरकारले खेलकुदलाई बन्द गरेको सात महिना भइसक्दा क्यानले राष्ट्रिय टोलीका खेलाडीकोे अभ्यासका लागि समेत पहल गर्न सकेको छैन । खेलाडीहरुले एकदिवसीय मान्यता प्राप्त देशमा हुनपर्ने न्युनतम भौतिक पूर्वाधार निर्माणका लागि आवज उठाएको पनि वर्षौ भइसकेको छ ।

तर, अहिलेसम्म पनि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान बाहेक अर्को मैदान तयार हुन सकेको छैन । भौतिक पूर्वाधारका लागि पनि क्यानले पछिल्लो एक वर्षमा खासै उपलब्धीमूलक काम गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : ०२ बजे

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा