आर्सनलमाथि लिभरपुलको जीत « Khabarhub

आर्सनलमाथि लिभरपुलको जीत


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङलिश प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुलले लगातार तेस्रो जीत हासिल गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जीत दिलाउन साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेका छन् ।

त्यस्तै आर्सनलका लागि अलेक्जेन्डर लकाजेटेले एक गोल गरे । यो जीतपछि लिभरपुलले यस सिजनका तीनै खेल जितेर ९ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

आर्सनलले यसअघि लगातार दुई खेलमा जीत हासिल गरे पनि गएराति भने हार बेहोर्‍यो ।

अब शुक्रबार राति इएफएल कपको अन्तिम १६ को खेलमा लिभरपुल र आर्सनल फेरि भिड्ने आमनेसामने हुनेछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : ३० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट