प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण « Khabarhub

प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ ।

नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् ।

पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ जना क्लबका खेलाडी र स्टाफमा कोरोना परीक्षण गरिएको थियो । त्यसमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसनमा बस्नेछन् ।

प्रिमियर लिगले साप्ताहिक रुपमा २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ ।

गत हप्ता वेस्टहमका प्रशिक्षक डेभिड मोयससहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसलगत्तै तीनजना आइसोलेसनमा बसेका थिए ।

सन् २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ४५ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको