सुजुकी कार अब नेपाली बजारमा आउने, मूल्य कति ? « Khabarhub

सुजुकी कार अब नेपाली बजारमा आउने, मूल्य कति ?


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ ।

हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन् । एसएमसीका उत्पादन भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द अनुभव गर्न पाइनेछ ।

सीजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्नेछ भने अहिलेको लाइनअपलाई निरन्तरता दिनेछ ।

‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब हामी सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा छौं,’ कम्पनीले भनेको छ ।

यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयुभीमध्ये पर्छ । यसमा फोर व्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहनेछन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास रहेकोछ । भीटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार हुनेछ ।

सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रिबुकिङ सुरु गरेको छ साथै विशेष अफरको व्यवस्था समेत गरेको छ । यी गाडीहरु सीजी नेक्स्ट् जेन सोरुमहरु बाट उपलब्ध हुनेछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  २ : १३ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा