बझाङ घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री « Khabarhub

बझाङ घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाबारे बुझ्न संसदीय समितिले गृहमन्त्री रामबहादुर थापालाई बोलाएको छ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री थापालाई छलफलका लागि बुधबार बोलाएको हो। बुधबारको बैठकमा गृहमन्त्री थापासँग बझाङ घटनाबारे छलफल गरिन लागेको समिति सभापति शही श्रेष्ठले बताइन्।

१२ वर्षीया बालिकाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव अझै पनि जिल्ला अस्पतालमै रहेको छ। दोषीलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन्।

आजको बैठकमा समितिका सदस्यहरुले त्यस विषयमा पनि छलफल भएको थियो। यसबारे विस्तृत रुपमा छलफल गर्नुपर्ने भएपछि बुधबार गहृमन्त्री थापालाई बोलाइएको हो।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  २ : ५७ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र