राष्ट्रसंघ भन्छः पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो | Khabarhub Khabarhub

राष्ट्रसंघ भन्छः पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अवैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ ।

अबैध रुपमा यो रकम बाहिरनबाट रोक्न सकेको भए अफ्रिकी मुलुकहरुमा स्वास्थ्यसेवा, शिक्षा र पूर्वाधार निर्माणमा अभूतपूर्व प्रगति हुने राष्ट्रसंघको अध्ययनले देखाएको छ ।

सोमबार जेनेभामा आयोजित व्यापार र विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (अन्कटाड) का अवसरमा प्रकाशित प्रतिवेदनमा अफ्रिकाबाट भएको गैरकानुनी र अबैध वित्तीय प्रवाहलाई विशेष रुपमा जोड दिइएको छ । प्रतिवेदनले अफ्रिकाबाट पैसाका साथै सम्पत्ति पनि बाहिरिएको उल्लेख छ । अफ्रिकामा चोरी, भ्रष्टाचार र सिपिङको बिल गलत राख्नेजस्ता अनेक समस्या छन् ।

सन् २०१३ देखि २०१५ को बीचमा औसतमा प्रतिवर्ष झण्डै ८९ अर्ब डलरका दरले अफ्रिकाबाट थप रकम बाहिरिएको देखिएको छ । तुलनात्मक रुपमा हेर्दा, अफ्रिकाले विदेशी दातृ निकायबाट वार्षिक करिब १०२ अर्ब डलर प्राप्त गरेको देखिन्छ ।

अन्कटाडका महासचिव मुखिसा किटुयीले भने, “गैरकानुनी वित्तीय प्रवाहले अफ्रिका र यसका जनताको आकाँक्षामाथि नै खेलवाड गरेको छ । पारदर्शिता र जवाफदेहीतालाई नजरअन्दाज गरिएको छ भने अफ्रिकी संस्थामाथिको भरोशामा तुषारापात भएको छ ।”

अन्कटाडले सन् २००० देखि २०१५ को बीचमा अफ्रिकाबाट अवैध रुपमा करिब ८३६ अर्ब डलर बाहिरिएको जनाएको छ ।

अन्कटाडका अनुसार सन् २०१५ मा मात्र ४० अर्ब डलर बराबरको रकम बाहिरिएको छ, र यो रकम विशेषगरी बहुमूल्य धातु सुनको बिक्रीबाट प्राप्त भएको भएको हो । अवैध रुपमा रकम बाहिरिएका मुलुकहरुमा मुख्य रुपमा दक्षिण अफ्रिका, नाइजेरिया र इजिप्ट रहेका छन् ।

अवैध रुपमा रकम विदेशिनबाट रोक्न सकिए त्यसबाट अफ्रिकामा सडक, रेलवे, विद्यालय र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रशस्त लगानी गर्न सकिने पनि अन्कटाडको ठम्याइ छ ।

अन्तर्राष्ट्रिय कर प्रणालीमा सुधार गर्न सके मात्र अफ्रिकाबाट अवैध रुपमा रकम विदेशिने क्रम रोकिने पनि अन्कटाडले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : ३५ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको