साउदी अरबमा हवाई भाडा जुटाउन नसकेका १० नेपालीको उद्धार | Khabarhub Khabarhub

साउदी अरबमा हवाई भाडा जुटाउन नसकेका १० नेपालीको उद्धार



दोहा – कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका थप १० नेपालीको उद्धार गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदीस्थित नेपाली दूतावास रियाद र जेद्धास्थित महावाणिज्य दूतावास जेद्धाको अनुरोधमा बेखर्चीमा परी स्वदेश फर्कन हवाई टिकट खरिद गर्न नसकेका ६ जना नेपालीलाई हवाई टिकटसहित नेपाल पुगेर बस्नुपर्ने क्वारेन्टिन खर्च समेत उपलब्ध गराएको जनाएको छ ।

संघका अध्यक्ष तेज बहादुर थापाका अनुसार जेद्दाबाट स्वदेश फर्किने नरेन्द्र सर्बारिया र महेन्द्र हेम्ब्रुम साथै रियादबाट चुत्र बहादुर दमाई, दल बहादुर खड्का, सुनिता पहरी र भारती घर्तीलाई पनि टिकेट र क्वारेन्टिन खर्च दिएर स्वदेश फर्काइएको छ ।

यसअघि कोरोना महामारीकै अवधिमा एक महिलासहित अन्य ४ जनालाई पनि गैरआवासीय नेपाली संघ साउदीको आपतकालीन राहत कोषमार्फत हवाई भाडा उपलब्ध गराई स्वदेश फर्काइएको थियो ।

यी ४ जनामध्ये जिजान, अल्कासीम र पूर्वी क्षेत्र दम्मामबाट एक/ एक जना बेखर्ची तथा असक्त बिरामी परेका नेपाली सहयोग माग्न संघको सम्पर्कमा आएका थिए ।

अहिलेसम्म १० जना नेपालीलाई नि:शुल्क टिकटको व्यवस्था गरिएको र उनीहरुमध्ये ८ जना स्वदेश पुगिसकेका छन् भने बाँकी २ जना फर्किने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १ : २८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य