स्वास्थ्यकर्मीले नै पाएनन् जोखिम भत्ता « Khabarhub

स्वास्थ्यकर्मीले नै पाएनन् जोखिम भत्ता


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जुम्लाको पातारासी गाउँपालिकाका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् ।

गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीका इन्चार्ज बुढाका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कोरोना महामारीमा जोखिम भत्ता दिन्छौँ भनेर हौस्याएर काममा खटाएको तर अहिलेसम्म जोखिम भत्ता उपलब्ध गराउने विषय कुनै चासो नदेखाएको बताए ।

यस गाउँपालिकाअन्तर्गत चारवटा स्वास्थ्य चौकीका ४२ स्वास्थ्यकर्मी र ६७ महिला स्वयंसेविका कोरोना महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खटिए पनि जोखिम भत्ता उपलब्ध नभएको इन्चार्ज बुढाले बताए ।

कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा खटिएबापत प्रतिमहिला स्वयंसेविका एकमुष्ट रु एक हजार ५०० उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको थियो तर अहिलेसम्म उपलब्ध नभएको उनको भनाइ छ ।

क्वारेन्टिन र हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिए पनि फिभर क्लिनिक र अन्य स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नभएको उनले बताउ । गाउँघर क्लिनिक भत्ता, फिल्ड भत्ता र हजाड भत्ताबाट स्वास्थ्यकर्मी वञ्चित गरिएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ११ : ५९ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६मा पाँच पटकको उपाधि विजेता ब्राजिलले

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको