महानगरको गल्ली गल्ली घुम्दै नगरप्रहरी « Khabarhub

महानगरको गल्ली गल्ली घुम्दै नगरप्रहरी


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपर- ललितपुर महानगरपालिकाका नगर प्रहरीलेसाइकल गस्ती सुरु गरेका छन् । साइकल गस्तीको बुधबारदेखि औपचारिक रुपमा शुरुवात गरिएको हो ।

साइकल लिएर महानगरको गल्ली, टोल र चोकमा पुगेका नगरप्रहरीले महानगरभित्रको फुटपाथ अतिक्रमणलाई रोक्न सुरु गरेका छन् । बिग्रेको सडक, फुटेको ढलको बारेमा रिपोर्टिङ गर्छन् । त्यसैगरी सहरको सरसफाईलाई समेत उनीहरुले प्राथमिकतामा राखेका छन् ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जनतालाई सेवा दिन महानगरपालिकाले साइकल गस्तीको अवधारणा अघि सारेको बताइन् । ललितपुरलाई साइकल सहर बनाउने योजना अन्तर्गत साइकललाई प्राथमिकता दिएको उनको भनाई थियो ।

ललितपुर महानगरको नगरप्रहरीप्रमुख सीताराम हाछेथुले महानगरभित्रको गल्ती, टोल टोलमा छिटै र सजिलो होस् भनेर साइकल मार्फत गस्ती सुरु गरेको बताए । उनले साइकल गस्तीमा मद्दतले नगरवासीलाई सहजिलो हुने बताए ।

हाल महानगरले नगरप्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ । साइकल चढेका १० नगरप्रहरी एकैसाथ महानगरको भित्री क्षेत्र, चक्रपथ महानगरबाहिरको वडाहरुमा समेत पुग्ने छन् । साइकल गस्तीको टोलीसँग भिडियो खिच्ने र फोटो खिच्ने क्यामेरा समेत हुन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : ४१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना