प्रधानमन्त्री ओलीले भने – कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुन्छ « Khabarhub

प्रधानमन्त्री ओलीले भने – कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुन्छ


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी कात्तिक ७ गतेदेखि टेलिभिजन प्रशारणमा क्लिनफिड लागु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कार्तिक ७ गतेदेखि क्लिन फिड लागू हुने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मिडिया एलाइन्सका पदाधिकारीसँगको भेटमा कानूनबमोजिम विज्ञापनरहित प्रशारण सेवा (क्लिनफिड) लागू हुने थापाले बताएका हुन् ।

नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेतृत्व गरेको पदाधिकारी र सदस्यहरूको टिमलाई बुधबार साँझ बालुवाटारमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले बताएका हुन् ।

प्रम ओलीले पत्रकारहरूको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत प्रत्याभूति गर्ने र अन्य क्षेत्रहरूमा संभव सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताए ।

हालै मिडिया उद्योगीहरुको संस्था विभाजन भएको थियो । कर्णिकारको नेतृत्वमा मिडिया एलाइन्स नामको मिडिया उद्योगीहरुको संस्थापना स्थापना गरिएको छ। मिडिया सोसाइटीबाट विभाजन भएर उद्योगीहरुले नयाँ संस्था दर्ता गरेको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : २८ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको