प्रधानमन्त्री ओलीले भने – कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुन्छ « Khabarhub

प्रधानमन्त्री ओलीले भने – कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुन्छ


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी कात्तिक ७ गतेदेखि टेलिभिजन प्रशारणमा क्लिनफिड लागु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कार्तिक ७ गतेदेखि क्लिन फिड लागू हुने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मिडिया एलाइन्सका पदाधिकारीसँगको भेटमा कानूनबमोजिम विज्ञापनरहित प्रशारण सेवा (क्लिनफिड) लागू हुने थापाले बताएका हुन् ।

नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेतृत्व गरेको पदाधिकारी र सदस्यहरूको टिमलाई बुधबार साँझ बालुवाटारमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले बताएका हुन् ।

प्रम ओलीले पत्रकारहरूको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत प्रत्याभूति गर्ने र अन्य क्षेत्रहरूमा संभव सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताए ।

हालै मिडिया उद्योगीहरुको संस्था विभाजन भएको थियो । कर्णिकारको नेतृत्वमा मिडिया एलाइन्स नामको मिडिया उद्योगीहरुको संस्थापना स्थापना गरिएको छ। मिडिया सोसाइटीबाट विभाजन भएर उद्योगीहरुले नयाँ संस्था दर्ता गरेको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : २८ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि