कतारबाट १४८ नेपाली स्वदेश फर्किए, भोलिदेखि नियमित उडान « Khabarhub

कतारबाट १४८ नेपाली स्वदेश फर्किए, भोलिदेखि नियमित उडान



दोहा – कतारबाट १४८ नेपाली स्वदेश फर्किएका छन् ।कतारबाट ३२१ नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ५० औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ४ महिलासहित १४८ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले खबरहबलाई बताए ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

साथै विमानस्थलमा कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज आफै उपस्थित भई त्यहाँ कार्यरत ग्राउण्ड ह्याण्डलिङ स्टाफ तथा उक्त एअरलाइन्सका आधिकारिक ट्राभल एजेन्सीका प्रतिनिधिहरूलाई यो अवधिमा उनीहरुले पुर्‍याएको सेवा र सहयोगका लागि नेपाली दूतावासको तर्फबाट धन्यवाद दिएका थिए ।

अहिलेसम्म हिमालय एअरलाइन्सको २ ओटा कर्पोरेट उडानसहित नेपाल र हिमालय एअरलाइन्सले दोहाबाट काठमाडौं ५२ वटा उडान गरेको दूतावासले जनाएको छ ।

भोलि अर्थात् अक्टोबर १ तारिखबाट नेपाल एअरलाइन्स, हिमालय एअरलाईन्स र कतार एअरवेजको नियमित दैनिक एक / एक वटा व्यावसायिक उडान हुने भएकाले अब सीधै ट्राभल एजेन्सीमार्फत टिकट खरिद गरी यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ०७ बजे

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

सिरहा– पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र