किन खाली पेटमा नखाने यी खाने कुरा ? यस्तो छ कारण « Khabarhub

किन खाली पेटमा नखाने यी खाने कुरा ? यस्तो छ कारण


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वस्थ जीवनका लागि सही समयमा सही चिजको सेवन आवश्यक हुन्छ । मानिसको स्वास्थ्य उसको खानपानमा निर्भर रहन्छ ।

खानपान स्वच्छ, पौष्टिक र ठिक्क मात्रामा खाए यसले लाभ पुर्‍याउँछ । तर कतिपय अवस्थामा भने कुन समयमा के खाने र के नखाने भन्ने बिषयको जानकारी समेत आवश्यक हुन्छ । आज हामी खाली पेटमा खान नहुने चीजबारे जानकारी दिदैछौं ।

१. टमाटर
टमाटरमा पर्याप्त मात्रामा भिटामिन र एन्टिअसिक्डेन्ट भरपूर मात्रामा पाइन्छ । तर यसलाई खाली पेटमा खायो भने एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ । जसले पेट दुख्ने समस्या हुन सक्छ । अझ अल्सर पीडितका निम्ती खाली पेटमा टमाटरको सेवन हानिकारक हुन्छ ।

२. अमिलो फल
भिटामिन सी, फाइबर र एन्टिअक्डिेन्ट पाइने अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो लगायतका फलको सेवन खाली पेटमा हानिकार हुन्छ । यसले पेट दुख्ने समस्या हुन सक्छ ।

४. पफ, पेस्ट्री
बिहान खाली पेटमा खाजामा पफ वा पेस्ट्री खानु हुदैन । यसमा एक किसिमको ढुसी हुन्छ । जसले खाली पेटमा हामीलाई दुःख दिन सक्छ ।

५. पेय पदार्थ
चिसो पेय पदार्थ त्यसै पनि शरीरका लागि लाभदायक मानिँदैन । अझ बिहानीको खाली पेटमा यसको सेवन झनै खतरनाक हुन्छ । बिहान उठ्ने बित्तिकै कार्बोनेटेड ड्रिक्स पिएमा क्यान्सर तथा मुटुका बिरामीलाई असर पार्दछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ५५ बजे

‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस

काठमाडौं – डान्सिङ रियालिटी शो ‘वर्ल्ड अफ डान्स’ को नेपाल

भन्सारमा कडाइ : उपभोक्ता विरोधमा उत्रिँदा व्यवसायी भने उत्साहित, बढ्नसक्छ राजस्व

काठमाडौं– सरकारले केही दिन यता भारतबाट आउने वस्तुको भन्सार जाँचपासमा

गृहमन्त्रीबारे रवि र बालेनसँग राजेन्द्रले खोजे जवाफ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न

अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा

काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना