किन खाली पेटमा नखाने यी खाने कुरा ? यस्तो छ कारण « Khabarhub

किन खाली पेटमा नखाने यी खाने कुरा ? यस्तो छ कारण


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वस्थ जीवनका लागि सही समयमा सही चिजको सेवन आवश्यक हुन्छ । मानिसको स्वास्थ्य उसको खानपानमा निर्भर रहन्छ ।

खानपान स्वच्छ, पौष्टिक र ठिक्क मात्रामा खाए यसले लाभ पुर्‍याउँछ । तर कतिपय अवस्थामा भने कुन समयमा के खाने र के नखाने भन्ने बिषयको जानकारी समेत आवश्यक हुन्छ । आज हामी खाली पेटमा खान नहुने चीजबारे जानकारी दिदैछौं ।

१. टमाटर
टमाटरमा पर्याप्त मात्रामा भिटामिन र एन्टिअसिक्डेन्ट भरपूर मात्रामा पाइन्छ । तर यसलाई खाली पेटमा खायो भने एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ । जसले पेट दुख्ने समस्या हुन सक्छ । अझ अल्सर पीडितका निम्ती खाली पेटमा टमाटरको सेवन हानिकारक हुन्छ ।

२. अमिलो फल
भिटामिन सी, फाइबर र एन्टिअक्डिेन्ट पाइने अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो लगायतका फलको सेवन खाली पेटमा हानिकार हुन्छ । यसले पेट दुख्ने समस्या हुन सक्छ ।

४. पफ, पेस्ट्री
बिहान खाली पेटमा खाजामा पफ वा पेस्ट्री खानु हुदैन । यसमा एक किसिमको ढुसी हुन्छ । जसले खाली पेटमा हामीलाई दुःख दिन सक्छ ।

५. पेय पदार्थ
चिसो पेय पदार्थ त्यसै पनि शरीरका लागि लाभदायक मानिँदैन । अझ बिहानीको खाली पेटमा यसको सेवन झनै खतरनाक हुन्छ । बिहान उठ्ने बित्तिकै कार्बोनेटेड ड्रिक्स पिएमा क्यान्सर तथा मुटुका बिरामीलाई असर पार्दछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ५५ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता