कांग्रेस नेताको पीसीआर परीक्षण « Khabarhub

कांग्रेस नेताको पीसीआर परीक्षण


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति अघि नेताहरुको कोरोना परीक्षण गरेको छ ।

पार्टी कार्यालय सानेपामा कांग्रेसले केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरेको हो । कोरोना परीक्षणका लागि स्वाव दिन कांग्रेसका नेताहरु बिहीबार सानेपा पुगेका थिए ।

कांग्रेसले असोज १९ केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसअघि सवै नेताहरुको कोरोना परीक्षण गरिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने उनले बताए । सिटौलाले यस पटक बैठकमा खुलेर छलफल हुने र कार्यबिधी तथा कार्यतालिकामा सहमतिका साथ अघि बढ्ने निष्कर्ष निकाल्नुपर्ने बताए ।

केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी पनि कांग्रेसले गरेको छ । त्यस्तैनेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ३ : ०७ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि