सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो | Khabarhub Khabarhub

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको जानकारी दिएको हो ।

गत जुन १० अर्थात् जेठ ३० गतेदेखि शुरु भएको मनसुन अक्टोबर १ अर्थात् असोज १५ गतेदेखि बाहिरिन थालेको महाशाखाले बताएको छ । नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही भूभागबाट मनसुन पूर्णतया बाहिरी सकेको मौसमविद् विभूती पोखरेलले बताइन ।

अहिले बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय रहेका कारण नेपालको बाँकी भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने उनले जानकारी दिइन । वाग्मती प्रदेश, प्रदेश १, २ र गण्डकी प्रदेशमा पनि वर्षा निकै कम भएकाले छिट्टै यी क्षेत्रबाट पनि मनसुन बाहिरिने सङ्केत देखिएको महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मनसुनले विदा हुने लिने गर्छ ।

महाशाखाले जनाएअनुसार आगामी तीन दिन प्रदेश, १, २, वाग्मती, गण्डकी प्रदेश र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । मनसुन शुरु भएयता जेठ ३० गतेदेखि हालसम्म बाढी, पहिरो, चट्याङलगायतका विपद्मा ठूलो जनधनको क्षति भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मनसुन शुरु भएदेखि हालसम्म बाढी, पहिरोसहितका विपद्मा परी ३६७ जनाको मृत्यु भएको छ । एकसय जना बेपत्ता छन् । साथै विपद्का कारण ३१७ जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर मात्र २९३ जनाको ज्यान गएको छ । अझै बेपत्ता ६४ जनाको खोजी भइरहेको छ । अन्य २२२ जना घाइते भएका थिए । त्यस्तै बाढीबाट ३९ जनाको मृत्यु भएको छ । बाढीमा परी ३६ जना बेपत्ता र नौ जना घाइते भएका थिए । त्यसैगरी चट्याङ लागेर ३५ जनाको मृत्यु र ८६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

विपद्मा भएका जनधनसहितको भौतिक क्षतिको पूर्ण विवरणको विश्लेषण प्राधिकरणले गरिरहेको छ । अन्य भौतिक क्षतिको विवरण मनसुन पूर्णरूपमा बाहिरिइसकेपछि सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ६ : २५ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको