एजेन्टसँग मिलेर नेपाल वायुसेवा निगमलाई डुबाउन खोजियो: माधव नेपाल « Khabarhub

एजेन्टसँग मिलेर नेपाल वायुसेवा निगमलाई डुबाउन खोजियो: माधव नेपाल


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा सांसद माधव कुमार नेपालले नेपाल वायुसेवा निगमको बिजोग बनाउन खोजिएको बताएका छन् ।

नेता नेपालले संसदको समितिमा बोल्दै यसअघि सरकारले निजीकरण गरेका राज्यका विभिन्न संरचनाहरु जस्तै वायुसेवा निगमको पनि बिजोग गराउन खोजेको बताएका हुन् ।

उनले अहिलेको अवस्थामा वायुसेवा निगम र अन्य निजी कम्पनीहरु हेर्दा निजी सेवा कम्पनी सधै फाइदामा गएको तर सरकारी सेवा प्रदायक सधै घाटामा जाने अवस्था आएको समेत बताए ।

साथै उनले अनेकौं एजेण्टहरुसँग मिलेर साँठगाँठ गर्दै विमानलाई मुनाफा कमाउने ठाउँमा पुग्न नदिने काम भइरहेको आरोप समेत लगाए ।

बैठकमा सहभागी अन्य सांसदहरुले पनि हिमालय एयरलाइन्सलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को जिम्मेवारी दिएर सरकारले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।

‘ग्राउण्ड ह्याण्डलिङ’ निगमको मुख्य आयस्रोतका रुपमा रहेको र यसको मुख्य जिम्मा खोसेर सरकारले हिमालय एयरलाइन्सलाई दिएकोप्रति सांसदहरुले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : २४ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि