राजदूत सिफारिसतर्फ संकेत गर्दै भीम रावलले भने – संकटको पुनरावृत्ति हुनसक्छ | Khabarhub Khabarhub

राजदूत सिफारिसतर्फ संकेत गर्दै भीम रावलले भने – संकटको पुनरावृत्ति हुनसक्छ


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भदौ २६ गते नेकपाका दुई अध्यक्षले सहमतिमा गरेको हस्ताक्षरभन्दा बाहिर कुनै कार्य भएमा नेकपामा राजनीतिक दुर्घटना हुनसक्ने बताएका छन् ।

नेता रावलले बिहीवार ट्वीट गर्दै युवराज खतिवडालाई अमेरिकाको राजदूत र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गर्न सिफारिस गरेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् ।

‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि– निर्णयहरुको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ,’ नेता रावलले ट्वीटमा उल्लेख गरेका छन् ।

उनले यस्ता निर्णयले देश, जनता र पार्टी हितमा आघात पर्नसक्ने भएकाले जिम्मेवारहरुको ध्यान जानुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : ३८ बजे

मुग्लिन–मलेखु सडक आठ किलोमिटर कालोपत्र

चितवन– मुग्लिन–मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्र गरिएको छ ।

ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन्

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै भ्रम

प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेटलाई

बजेटमै फट्याइँ : अर्थमन्त्रीदेखि योजना आयोगका पदाधिकारीले हुले खुद्रे आयोजना

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

काठमाडौं– टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ परेका छन् ।