राजदूत सिफारिसतर्फ संकेत गर्दै भीम रावलले भने – संकटको पुनरावृत्ति हुनसक्छ « Khabarhub

राजदूत सिफारिसतर्फ संकेत गर्दै भीम रावलले भने – संकटको पुनरावृत्ति हुनसक्छ


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भदौ २६ गते नेकपाका दुई अध्यक्षले सहमतिमा गरेको हस्ताक्षरभन्दा बाहिर कुनै कार्य भएमा नेकपामा राजनीतिक दुर्घटना हुनसक्ने बताएका छन् ।

नेता रावलले बिहीवार ट्वीट गर्दै युवराज खतिवडालाई अमेरिकाको राजदूत र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गर्न सिफारिस गरेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् ।

‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि– निर्णयहरुको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ,’ नेता रावलले ट्वीटमा उल्लेख गरेका छन् ।

उनले यस्ता निर्णयले देश, जनता र पार्टी हितमा आघात पर्नसक्ने भएकाले जिम्मेवारहरुको ध्यान जानुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : ३८ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा