क्याप्टेन विजय लामा कोरोना संक्रमण मुक्त « Khabarhub

क्याप्टेन विजय लामा कोरोना संक्रमण मुक्त


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमण मुक्त भएसँगै उनी  ललितपुरस्थित स्टार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । १८ दिनसम्म अस्पतालमा रहेका लामा बिहीबार निको भएर डिस्चार्ज भएका हुन्।

उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दु:ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ’, उनले भनेका छन्, ‘यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें।’

उनले कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने स्टार अस्पतालका नर्स र डाक्टरहरुलाई सम्झिँदै कुशल चिकित्सकीय उपचारको पनि प्रशंसा गरेका छन्। उनले आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन्।

‘नेपाल र विश्‍वका अन्य भागहरूबाट मेरा लागि गरिएका प्रार्थना र प्रेमले मलाई कोरोनासँग लडिरहन असीम बल प्रदान गर्यो’, उनले भनेका छन्, ‘ती सबै प्रार्थना र शुभेच्छाले मलाई मिलेको हौसला र ऊर्जाका कारण अस्पतालबाट डिस्चार्ज हुँदैछु।’

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : ५५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने