बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस « Khabarhub

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस ल्याएको छ। यो गाडी स्पोर्ट डिजाइनमा छ। यसमा ‘रोडस्टर डिजाइन’को हेडल्याम्प पनि छ।

यो गाडीमा स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु जडान छन्। यो १६० सिसी डीटीएस-आई इन्जिनमा छ। जसले १६०:१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ।

यसले ५-स्पीड म्यानुअल ट्रान्समिसन प्रयोग गर्छ। यो गाडीको अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि १३० एमएम ड्रम ब्रेक छ। यसमा लामो सिट छ।

यो स्पाइसी रेड र इबोनी ब्ल्याक कलर संस्करणमा पाइन्छ। यसको सुरुवाती मुल्य तीन लाख १९ हजार ९ सय रहेको छ। यो गाडी बिहीबारदेखि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  २ : १४ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर