कोरोना संक्रमण उच्च रहेका देशको सूचीमा नेपाल ४६ औँ स्थानमा « Khabarhub

कोरोना संक्रमण उच्च रहेका देशको सूचीमा नेपाल ४६ औँ स्थानमा


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् ।

पछिल्लो एक साताको तथ्यांक हेर्दा पनि नेपालमा संक्रमित हुनेको संख्या बढेको छ । अहिले २१ हजार २३४ जनामा संक्रय संक्रमण छ ।

संक्रमितको संख्या यही दरमा बढ्दै गए नेपालले कोरोनाको उद्‍गमस्थल चीनलाई एकदुईदिनमा उछिन्ने मात्र होइन बिस्तारै संसारकै सबैभन्दा बढी संक्रमित रहेका देशहरुको सूचीमा पर्ने देखिएको छ।

चाडवार्ड नजिकिएको र सबैभन्दा धेरै जनसंख्या रहेको काठमाडौं उपत्यकामा संक्रमण फैलिएकाले नेपाल संसारमै धेरै असरपर्ने मुलुकहरुमा पर्ने देखिएको छ। शुक्रबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ६३८ संक्रमित थपिएका छन् ।

विश्वमा कोरोनाको संक्रमण र अवस्थाबारे अपडेट गरिरहेको अनलाइन पोर्टल वल्डो मिटर्सको तथ्यांक अनुसार नेपाल उच्च संक्रमितको देशको सूचीमा माथि चढ्नेक्रम बढेको छ ।

यो समाचार तयार पार्दासम्म नेपाल उच्च संक्रमणमा रहेका विश्वका देशको सूचीमा ४६औँ स्थानमा पुगेको छ।

वल्डो मिटर्सको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । दोस्रो धेरै संक्रमण फैलिएको देश भारत हो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ०९ बजे

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी