साउदीमा थप ५७ नेपालीले पाए बहिर्गमन भिसा « Khabarhub

साउदीमा थप ५७ नेपालीले पाए बहिर्गमन भिसा



दोहा – साउदी अरबमा विभिन्न कारणले अलपत्र परेका ५७ जना अवैधानिक नेपालीहरूले बहिर्गमन भिसा पाएका छन् । भिसाका लागि विभिन्न समयमा निवेदन दिएकामध्ये थप ५७ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रक्रिया या शुरू गरेको दूतावासले जनाएको छ ।

यो प्रक्रियाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ५८ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको छ । यसमध्ये १ हजार १ जना सम्मको सूची यसअघि नै दूतावासले प्रकाशन गरिसकेको छ ।

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष बहिर्गमन भिषाका लागि राहदानी तथा इकाइमा पेश गरेअनुरुप दूतावासको सिफारिसमा एक्जिट भिसा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयम् नै जम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना