आइपीएलमा हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित « Khabarhub

आइपीएलमा हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चेन्नई सुपर किग्सलाई ७ रनले हराउँदै सनराइजर्स हैदराबादले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीले जित्न सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रनमा आउट भए । साम करन १५ रनमा अविजित रहे ।

हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट लिए ।

जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ । चेन्नई भने तीन हार र एक जितसहित २ अंकका साथ तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : ४६ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६