४१ वर्षदेखि उठेन सैनिक हेलिकप्टरको भाडा « Khabarhub

४१ वर्षदेखि उठेन सैनिक हेलिकप्टरको भाडा


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विभिन्न प्रयोजनका लागि आफ्ना विमान भाडामा उपलब्ध गराए वापत ४ करोड ३४ लाख बढी उठाउन बाँकी रहेको छ ।

नेपाली सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि नै बाँकी रहेको वक्यौता उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा सेनाले आफ्ना जहाज तथा हेलिकप्टरहरु भाडामा लगाएर बापत ४ करोड ३४ लाख ६० हजार रुपैयाँ असुल गर्न बाँकी रहेको उल्लेख छ ।

सेनाले विशिष्ट व्यक्तिका लागि गरेको भीभीआईपी उडानवापत मात्रै ५१ लाख ८३ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उल्लेख छ ।

सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि हालसम्म गरी ४१ वर्षसम्मको विमान चार्टर उडानको वक्यौता असुल गर्न सकेको छैन ।

जसमध्ये आर्थिक वर्ष २०३४/०३५ देखि २०७३/७४ सम्म विभिन्न निकायले सेनाका हेलिकप्टर तथा जहाज भाडामा प्रयोग गरेवापत मात्रै ३ करोड ७ लाख ५९ हजार बुझाएका छैनन् । यस्तै आर्थिक वर्ष २०४२/०४३ देखि २०७३/०७३ सम्म भीभीआईपी उडान वापतको ५१ लाख ८३ हजार रुपैयाँ सेनाले असुल गर्न सकेको छैन ।

महालेखा परीक्षकको ५६ औं प्रतिवेदन,

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ६ : १३ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा