अस्पतालबाट ट्रम्पको भिडियो सन्देश- मलाई राम्रो हुँदैछ, छिट्टै फर्किन्छु « Khabarhub

अस्पतालबाट ट्रम्पको भिडियो सन्देश- मलाई राम्रो हुँदैछ, छिट्टै फर्किन्छु


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसबाट संक्रमित भएपछि शुक्रबारदेखि उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका छन् ।

वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचाररत ट्रम्पले आइतबार ट्वीवटरमा ४ मिनेटको अर्को भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका हुन् ।

‘मेरो स्वास्थ्य अवस्था खासै राम्रो थिएन त्यसैले अस्पताल आएँ। अहिले म निकै राम्रो महसुस गरिरहेको छु । चिकित्सकहरूले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ,’ ट्रम्पले भिडियोमार्फत भनेका छन्, ‘म जसरी पनि फर्कनैपर्छ, किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनु छ । मलाई लाग्छ, म चाँडै नै फर्कनेछु।’

आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन्। ट्रम्पकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै ट्रम्पले अब केही दिन अस्पतालबाटै आफ्नो जिम्मेवारीका काम गर्ने जानकारी दिएकी छन्।

हाल राष्ट्रपति कार्यालयको डेस्क अस्पतालमै स्थापना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : ५५ बजे

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ