नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन « Khabarhub

नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। नेपाल विद्यार्थी संघ एवम तरुण दलसँगआवद्ध युवा तथा विद्यार्थीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेको हो ।

चिनियाँ दूतावास अघि पुगेका उनीहरुले ‘ब्याक अफ चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दैन आक्रोश पोखेका छन् ।

सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, चिनियाँ दलालहरू होसियार, नाकाहरू खुल्ला गर लगाएतका नारा लगाएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तीब्र गतिमा भइरहेको छ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : १५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल