जापानमा कोभिड–१९ बाट थप ३९७ सङ्क्रमित « Khabarhub

जापानमा कोभिड–१९ बाट थप ३९७ सङ्क्रमित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा आइतबार थप ३९७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो तथ्याङ्कमा सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा पुगेका ७१२ सङ्क्रमितको सङ्ख्या समावेश गरिएको छैन ।

जापानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या पानी जहाजका १४ सहित एक हजार ६१३ पुगेको छ ।

जापानमा आइतबारसम्ममा गम्भीर विरामीको सङ्ख्या १३३ रहेको छ । उनीहरूमध्ये केहीलाई भेन्टिलेटरको सहयोग उपलब्ध गराइएको छ भने केहीलाई सघन कक्षमा राखी उपचार सेवा प्रदान गरिराखिएको छ ।

जापानको सङ्क्रमणको केन्द्रविन्दु राजधानी टोकियोमा आइतबार १०८ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ । राजधानीमा लगातार छैठौँ दिन १०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

जापानको राजधानी टोकियोमा ४७ प्रशासकीय क्षेत्रमध्ये सबैभन्दा बढी कूल २६ हजार ४८४ सङ्क्रमित भएका पुष्टि भएको छ ।

जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : २० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र