हैदराबादलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा « Khabarhub

हैदराबादलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सनराइजर्स हैदराबादलाई हराउँदै साविक विजेता मुम्बई इण्डियन्स यूएईमा जारी आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाहमा आइतबार हैदराबादलाई ३४ रनले पराजित गरेको मुम्बईको यो तेस्रो जित हो ।

सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि हैदराबादलाई जित दिलाउन सकेनन् ।यस्तै मनिस पाण्डेले ३० रन जोड्दा जोनी बेयार्स्टोले २५ रन बनाए ।

मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २/२ विकेट लिए । कुर्नाल पाण्डयले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै इशान किसनले ३१ रन तथा सूर्यकुमार यादबले २७ रन बनाए । हार्दिक पाण्डयले २८ रन जोड्दा कप्तान रोहित शर्मा ६ रनमा आउट भए ।

केइरन पोलार्डले अविजित २५ र कुर्नाल पाण्डयले अविजित २० रन बनाए । हैदराबादका सन्दीप शर्मा र सिदार्थ कउलले २/२ विकेट लिए । राशिद खानले १ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको मुम्बईको ५ खेलमा ६ अंक भएको छ । ५ खेलमा ४ अंक जोडेको हैदराबाद छैठौँ स्थानमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ४७ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण