आइपीएलमा चेन्नईको उत्कृष्ट प्रदर्शन, पन्जाब १० विकेटले पराजित « Khabarhub

आइपीएलमा चेन्नईको उत्कृष्ट प्रदर्शन, पन्जाब १० विकेटले पराजित


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविकको उपविजेता चेन्नई सुपर किङ्सले आइपीएलमा उत्कृष्ट पुनरागमन गरेको छ ।

यूएईमा जारी १३औं संस्करणको आइपीएलमा दोस्रो जित निकालेको चेन्नईले किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ ।

आइतबार राति दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो ।

चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे ।

प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए ।

यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए । सर्फराज खान १४ रनमा अविजित रहदा गले म्याक्सवेल ११ रनमा अविजित रहे ।

चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । रविन्द्र जडेजा र पियुस चावालाले एक एक विकेट लिए ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौँ स्थानमा समेत उक्लिएको छ । ५ खेलमा एक मात्र जित हात पारेको पन्जाव भने २ अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : १६ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन