मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीमा आइतवार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

से ६ प २९२८ नम्बरको मोटरसाइकलको ठक्करले पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सिंह बहादुर तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करले सडकमा बसिरहेका ७० वर्षीय सिंह बहादुर तामाङ र ५५ वर्षीय बल बहादुर तामाङ घाइते भएका थिए ।

गम्भीर घाइते भएका सिंह बहादुरको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक १६ वर्षीय मदन तामाङ पनि घाइते भएका छन् । घाइते दुवै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ४० बजे

दसैंमा ‘छ माया छपक्कै २’को धमाका, सार्वजनिक भयो रमाइलो शीर्ष गीत

काठमाडौं– दसैंको माहौललाई थप मनोरञ्जक बनाउने तयारीमा रहेको चलचित्र ‘छ

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

काठमाडौं- विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको

यी हुन् राष्ट्रसंघको महासभा हल्लाउने पाँच चर्चित भाषण

काठमाडौं- मंगलबारदेखि संयुक्त राष्ट्रसंघको महासभामा नेताहरुले सम्बोधन गर्ने क्रम सुरु

अफगान-पाक सीमामा फेरि तनाव

इस्लामावाद- पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगानिस्तानको सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं