डा.केसीको जीवनरक्षा गर्न नेपाली जनसम्पर्क समिति कतारको माग « Khabarhub

डा.केसीको जीवनरक्षा गर्न नेपाली जनसम्पर्क समिति कतारको माग



दोहा- चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीको स्वास्थ स्थिति जटिल बनेकाले उनको जीवन रक्षा गर्न नेपाली जनसम्पर्क समिति कतारले सरकारसँग माग गरेको छ ।

२१ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य नाजुक बनिसक्दा समेत वास्ता नगरिएको भन्दै समितिले वार्तामार्फत डा.केसीका जायज माग पूरा गर्न माग गरेको हो ।

कतारस्थित नेपाली दूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको समितिले केसी स्वास्थ्य विग्रदै जादा प्रवासमा रहेका नेपालीसमेत चिन्तित भएको जनाइएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा भएका बेथिती र मेडिकल माफियाहरुको बिरुद्ध अनशनरत डा.केसीसंग गरिएका सहमति कार्वान्वयन नगरेर सरकारले डा.केसीको अपमान गरेको समितिका महामन्त्री मोहम्मद  अजिज अलिले बताए ।

विश्व कोभिड-१९ को महामारीले संकटमा फसिरहेका बेला जनताको जनजीवनमा परेको असरप्रति सरकार जिम्मेवार नहुनु खेदजनक भएको समितिले जनाएको छ ।

‘प्रवासमा रहेका लाखौँ नेपालीहरुको उद्धारमा समेत कमिशनको चलखेलमा लिप्त हुनुले यस्तो महामारीमा पनि देश विदेशमा रहेका आम नेपालीहरुले सरकार भएको अनुभूति गर्न पाएका छैनन्,’ समितिले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा लेखिएको छ,’यस्तो अवस्थामा केसीको सत्याग्रहमासमेत सरकार गम्भीर नहुनु खेदपूर्ण छ ।’

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ५० बजे

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका