चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित, कारण यस्तो « Khabarhub

चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित, कारण यस्तो


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशमा कोरोना भाइरसको चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित बनेको छ । चिनियाँ औषधि निर्माता सिनोभ्याक बायोटेक लिमिटेडले बाङ्लादेशसँग परीक्षणका लागि आंशिक लगानी गर्नुपर्ने शर्त राखेपछि सो परीक्षण अन्यौलमा परेको हो ।

चिनियाँ खोपको सामूहिक परीक्षण गरिनेबारे बंगलादेशमा निकै प्रचार गरिएको थियो ।

सिनोभ्याक बायोटेक लिमिटेडले सेप्टेम्बर २४ मा बंगलादेशलाई एक पत्र लेख्दै रकम नगरेसम्म परीक्षण कार्य अगाडि बढाउन नसकिने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘सिनोवाकले हामीले पनि लगानी गर्‍यौं भने मात्र उनीहरू परीक्षण अगाडि बढाउन समर्थ हुनेछ, हामी प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि निर्णय लिनेछौं,’ स्वास्थ्य सेवा विभागका सचिव अब्दुल मन्नान भनेका छन् ।

मन्नानले आफूहरू सिनोभ्याकमा निर्भर नभएको र सरकार खोपको विकास भएपछि अन्य उपायहरू खोजिने बताए ।

सिनोभ्याकले पत्रमा कति फन्डको आवश्यकता पर्छ र अन्तिम समयमा किन उनले फन्ड खोजिरहेको छ भनेर जनाएको छैन ।

शुरुमा चीनले बंगालदेशलाई निःशुल्क खोप दिने गरी प्रचारबाजी गरेको तर अहिले आएर पैसा माग्न थालेपछि त्यहाँको सरकारले अरु विकल्पका बारेमा सोचेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ५२ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता